एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात « Khabarhub

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१–८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ ।

आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् सात करोड ९१ लाख ५३ हजारले बढेको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ । (रासस)

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : ५७ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ