श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु « Khabarhub

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री सुरु भएको छ । कम्पनीले पहिलो चारणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बुधबारबाट निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्नेछ । जसमा १ प्रतिशत अर्थात् १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावितका लागि ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर विदेशमा भएकाका लागि रहेको छ ।

प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।

उद्योग प्रभावितको लागि छिटोमा भदौ २५ र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिनुपर्ने छ । विदेशमा भएकाको हकमा भने छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते आवेदन दिनुपर्ने छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : १३ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई