बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो « Khabarhub

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन भएको छ । आइपीओमा छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म .खुला हुने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

५ लाख ६६ हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख २९ हजार ४०० कित्ता विदेशमा भएकाका लागि बाँडफाड गरेको छ । १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीलाई र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ ।

बाँकी ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याएको छ ।

आइपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तामा आवेदन दिन पाइने छ ।

आयोजनाको जम्मा अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : २६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज