बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो « Khabarhub

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन भएको छ । आइपीओमा छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म .खुला हुने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

५ लाख ६६ हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख २९ हजार ४०० कित्ता विदेशमा भएकाका लागि बाँडफाड गरेको छ । १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीलाई र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ ।

बाँकी ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याएको छ ।

आइपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तामा आवेदन दिन पाइने छ ।

आयोजनाको जम्मा अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : २६ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा