राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै « Khabarhub

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी न्यौपानेले बुधबार शपथ लिने भएकी छन् । 

सभामुख देवराज घिमिरेसँग उनले अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी हुन् । 

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ ।  

त्यसअघि दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्ने कार्यक्रम छ । बैठकमा समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ । 

यद्यपि, समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ११ : ०४ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ