स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सम्पन्न « Khabarhub

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सम्पन्न


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो ठूलो क्षमताको ‘स्टारशिप’ रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ ।

‘स्पेसएक्स’ अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी हो, जसले विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक पुनः प्रयोगयोग्य रकेट र अन्तरिक्ष यान विकास गर्ने काम गरिरहेको छ । यो कम्पनीले अन्तरिक्ष यातायातको लागत घटाउन र मानिसहरूलाई मंगल ग्रहसम्म लैजान चाहन्छ । 

स्पेसएक्सले व्यावसायिक र सरकारी मिसनहरू सञ्चालन गर्दै अन्तरिक्ष प्रविधिमा क्रान्ति ल्याइरहेको छ र यसको स्टारशिप रकेटले भविष्यका अन्तरिक्ष यात्रा र उपग्रह प्रक्षेपणमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उक्त रकेट कम्पनीको टेक्सासस्थित स्टारबेस प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार साँझ करिब ६ः३० बजे प्रक्षेपण गरिएको थियो । मौसम र प्रविधिसम्बन्धी केही अवरोधका कारण दुई दिन ढिलो भएको यो उडान अन्ततः सुरक्षित र सफल भएको हो ।

प्रक्षेपणपछि, ‘सुपर हेभी’ बूस्टरले नियन्त्रित रूपमा मेक्सिको उपसागरमा अवतरण प्रक्रिया सुरु गर्‍यो । यस क्रममा बूस्टरले ‘बुस्टब्याक बर्न’ प्रविधिको प्रयोग गर्दै आफ्नो मार्ग परिवर्तन गरेको थियो ।

यसैबीच, रकेटको माथिल्लो चरण अर्थात् ‘स्टारशिप’ ले पनि ‘ र्‍याप्टर’ इञ्जिनको सहायताले स्वतन्त्ररूपमा उडान जारी राख्दै ‘हट–स्टेजिङ’ प्रविधिबाट सफल पृथक्करण सम्पन्न गर्‍यो ।

स्पेसएक्सले पुष्टि गरेअनुसार, बूस्टरले लक्षित समुद्री क्षेत्रमा सुरक्षित अवतरण ९स्प्ल्याशडाउन० गरेको छ । माथिल्लो चरणले पनि आफ्नो यात्रा पूरा गर्दै निर्धारित कक्षीय मार्गमा प्रवेश गरेको थियो ।

उडानको करिब १८ औँ मिनेटमा, कम्पनीले पहिलोपटक ‘स्टारशिप’ मार्फत पेलोड प्रक्षेपण क्षमताको परीक्षण गर्‍यो । यस क्रममा ‘स्टारलिंक’ सिमुलेटर उपग्रहहरू प्रक्षेपण गरिएका थिए, जुन उपकक्षीय मार्गमा रहेका कारण पुनः पृथ्वीमा प्रवेश गर्दा वायुमण्डलमै नष्ट हुने अनुमान गरिएको छ । 

यसपछि, ‘स्टारशिप’ ले आफ्नो एक इञ्जिन पुनः प्रज्वलन गरी नियन्त्रणसहित पुनःप्रवेश प्रक्रिया सुरु गर्‍यो । सम्पूर्ण उडान करिब एक घण्टा लामो रह्यो, जसको अन्त्यमा उक्त रकेट भारतीय महासागरमा सफलतापूर्वक अवतरण गर्‍यो ।

स्पेसएक्सले जानकारी दिएको अनुसार, यो परीक्षण उडानका उद्देश्यहरू अघिल्ला मिसनहरूजस्तै रहेको जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ३३ बजे

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक