काठमाडौंमा सुरु भयो भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता « Khabarhub

काठमाडौंमा सुरु भयो भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।  

अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा सुरु भएको दुईदिने प्रतियोगिताको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

सो क्रममा अध्यक्ष प्रचण्डले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताए । अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताए ।

अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए । उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिएको आयोजकले जनाएको छ । बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि २ लाख ४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १ : ०७ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना