इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन « Khabarhub

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । 

जाग नेपाली अभियानले काठमाडौंमा इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुधबार प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरूलाई नै प्रभावित पारिएको र अरबौँ कमिसनको खेल भएको जाग नेपाली अभियानको भनाइ छ ।

जाग नेपालीका संयोजक दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने काम गर्न खोजिएकाले विरोध जनाएको बताए ।

उनले इम्बोस्ड नम्बर प्लेट जडानका नाममा अरबौँ भ्रष्टाचार भएको आरोप लगाए ।  

प्रदर्शनमा सहभागीहरुले  इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, डेटा सुरक्षाको ग्यारेन्टी गर लगायतका प्लेकार्ड देखाएका थिए । 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : ३८ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ