इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन « Khabarhub

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । 

जाग नेपाली अभियानले काठमाडौंमा इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुधबार प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरूलाई नै प्रभावित पारिएको र अरबौँ कमिसनको खेल भएको जाग नेपाली अभियानको भनाइ छ ।

जाग नेपालीका संयोजक दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने काम गर्न खोजिएकाले विरोध जनाएको बताए ।

उनले इम्बोस्ड नम्बर प्लेट जडानका नाममा अरबौँ भ्रष्टाचार भएको आरोप लगाए ।  

प्रदर्शनमा सहभागीहरुले  इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, डेटा सुरक्षाको ग्यारेन्टी गर लगायतका प्लेकार्ड देखाएका थिए । 

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  २ : ३८ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली