अश्विनले आईपीएलबाट लिए सन्यास, ५ टिममा २२१ खेलबाट लिए १८७ विकेट « Khabarhub

अश्विनले आईपीएलबाट लिए सन्यास, ५ टिममा २२१ खेलबाट लिए १८७ विकेट


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्यास लिएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत् यसको जानकारी दिएका हुन्।

अश्विनले लेखेका छन्– ‘भन्ने गरिन्छ, प्रत्येक अन्त्य नयाँ सुरुवात हो। एक आईपीएल खेलाडीको रूपमा मेरो समय आज सकिएको छ, तर विदेशी लिगमा खेल्ने मेरो यात्रा आजदेखि सुरु भएको छ।’

आईपीएल २०२५ मा अश्विन चेन्नई सुपर किङ्स (सीएसके) का खेलाडीका रूपमा अनुबन्धित थिए। तर उनले धेरै खेल खेलेनन्।

यस वर्ष २० मेमा उनले आईपीएल को अन्तिम खेल खेलेका थिए। उनलाई टिमले रिलिज गर्ने चर्चा पनि चलिरहेको थियो। अश्विनले आईपीएलमा पाँच फरक-फरक टिमबाट खेलेका छन्।

अश्विनले अगाडि लेखेका छन्, ‘यी वर्षहरूमा बनेका सुन्दर सम्झना र सम्बन्धका लागि सबै फ्रेन्चाइजीलाई धन्यवाद दिन चाहन्छु। सबैभन्दा महत्वपूर्ण धन्यवाद आईपीएल र बीसीसीआईलाई, जसले मलाई निरन्तर मौका दिए। अब जे अगाडि छ, त्यसलाई आनन्दपूर्वक स्वीकार्दै पूरा लाभ लिन उत्साहित छु।’

अश्विनको आईपीएल करियर

अश्विनले आईपीएलमा २२१ खेल खेल्दै १८७ विकेट लिएका छन् (इकोनोमी रेट ७.२९)। उनले ८३३ रन समेत बनाएका छन्, स्ट्राइक रेट ११८ सहित । पछिल्लो सिजनमा उनले सीएसकेका लागि ९ खेल खेले ।

सीएसकेले उनलाई मेगा अक्सनमा ९.७५ करोड रुपैयाँमा खरिद गरेको थियो। यससँगै उनी ९ वर्षपछि आफ्नो होम फ्रेन्चाइजीतर्फ फर्किएका थिए।

सन् २०१६ देखि २०२४ सम्म उनले दिल्ली क्यापिटल्स, पन्जाब किङ्ग्स र राजस्थान रोयल्सका लागि खेलेका थिए। आईपीएल करियरको सुरुवात उनले सीएसकैबाटै गरेका थिए । सन् २००८ देखि २०१५ सम्म उनले त्यहीँ खेलेका थिए।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : ५२ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत