कवाड व्यवसायीको आन्दोलन : बालेनविरुद्ध नाराबाजी (तस्बिरहरू) « Khabarhub

कवाड व्यवसायीको आन्दोलन : बालेनविरुद्ध नाराबाजी (तस्बिरहरू)


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।

भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्‍याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो । प्रदर्शनमा करिब २ हजारको सहभागिता रहेको बताइएको छ ।

प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् ।  कवाड व्यवसायीहरू महानगरपालिका कार्यालयको सडक अगाडी सडकमै ब्यानर बिछ्याएर धर्नामा बसेका छन् ।

सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरूको माग छ ।

आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

उनीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : २६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले