आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा | Khabarhub Khabarhub

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक वर्षमा तीनजना कार्यालय प्रमुखको सरुवा भएको छ ।  सो कार्यालयमा मनोजकुमार साह, मनिष न्यौपाने तथा रजीत कापडीको कार्यालय प्रमुख पदमा सरुवा भएको हो । कापडी अहिले विगत दुई महिनादेखि कार्यालयमा कार्यरत छन्।

सरकारको स्वामित्वमा सञ्चालित सो आयल निगमको ऐन एवं विनियमावलीमा प्रत्येक दुई वर्षमा कार्यालय प्रमुख तथा अधिकृतस्तरका कर्मचारीको सरुवा हुने प्रावधान रहेको छ ।  सरुवाले कार्यालयको काममा प्रभावकारी रुपमा व्यवस्थापन तथा सञ्चालनमा समस्या पर्ने गरेको कर्मचारीहरूको गुनासो छ । 

वर्तमान कार्यालय प्रमुख कापडीले हाम्रो निगममा प्रत्येक दुई वर्षमा सरुवाको प्रावधान छ तर आवश्यक परेको खण्डमा कुनै बेला सरुवा हुन्छ तथा तोकिएको स्थानमा गएर काम गर्नुपर्छ भने।  

उनले भने ‘आफू पदबहाली भएर आएदेखि नै कार्यालयको कामलाई प्रभावकारी तथा व्यवस्थित बनाउनेतर्फ जोड दिएको छु ।’
 
सो कार्यालयमा पेट्रोलियम ढुवानीकर्ता, पेट्रोलिय व्यवसायी तथा कर्मचारीबीचको विवादले कार्यालय प्रमुखको सरुवा हुने गरेको बताइको छ । 

सो कार्यालयले निगमको अमलेशगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा तथा महोत्तरी जिल्लामा रहेका पम्पहरुमा पेट्रोलिय पदार्थ बिक्री वितरण गर्दैआएको छ । 

सो कार्यालयले करिब ८० ट्र्याकङ्रमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दैआएको प्रमुख कापडीले जानकारी दिए । ट्र्याकङ्रको ढुवानी खर्च निगमले उपलब्ध गराउने  गरेको छ । 
 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : १६ बजे

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर – उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह