शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आधा सेन्चुरीले बढेको हो । 

बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको छ । आज नेप्से १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । 

बुधबार ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५२८ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह बढेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : ४१ बजे

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको