पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो « Khabarhub

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ।

बझाङकी एकजना महिलाले हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपछि साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँमार्फत् गत भदौ ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त पक्राउ पुर्जी जारी भएपछि महर बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका महरलाई त्यहीँबाट नियन्त्रणमा लिएर अदालत लगिएको प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले खबरहबलाई बताए ।

‘उहाँविरुद्ध हुलाकबाट जाहेरी परेको थियो । त्यसपछि भदौ ९ मै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो’, अवस्थीले खबरहबलाई भने, ‘पुर्जी जारी भएपछि उहाँ साइबर ब्युरोमा उपस्थित हुनु भएको थियो । ब्युरोबाटै नियन्त्रणमा लिएर म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका छौँ ।’

अवस्थीले उनीविरुद्ध मुद्दा चल्ने-नचल्ने निर्क्योल अदालतले दिनेछ । यदि मुद्दा चल्ने गरी आदेश आएमा महरलाई म्याद लिएर अनुसन्धान अघि बढ्ने अवस्थीले बताए ।

महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : १७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने