उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ  « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताएका छन् । चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताए । 

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको `दैनिक उपभोग्य बस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो´ विषयक अन्तर्संवाद कार्यक्रममा सम्बोधन गर्दै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताए । 

उनले चाडबाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएमा सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिए  । 

उपप्रधानमन्त्री सिंहले उपभोग्य बस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिए । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उनले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा  नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तर्संवादले उपभोक्ताको हक अधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, उद्योग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवम् रुपन्देहीका उद्योगी व्यवसायी र उपभोक्ताहरूको सहभागिता थियो । 

 कार्यक्रममा सहभागीहरूले सीमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने,  कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ३४ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय