उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ  « Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताएका छन् । चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताए । 

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको `दैनिक उपभोग्य बस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो´ विषयक अन्तर्संवाद कार्यक्रममा सम्बोधन गर्दै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताए । 

उनले चाडबाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएमा सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिए  । 

उपप्रधानमन्त्री सिंहले उपभोग्य बस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिए । अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उनले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा  नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तर्संवादले उपभोक्ताको हक अधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, उद्योग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवम् रुपन्देहीका उद्योगी व्यवसायी र उपभोक्ताहरूको सहभागिता थियो । 

 कार्यक्रममा सहभागीहरूले सीमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने,  कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ३४ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार