दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन  « Khabarhub

दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धिका लागि ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन गर्ने भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धिका लागि ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन गर्ने निष्कर्ष निकालिएको हो । 

दुईपाङ्ग्रे सवारीसाधन प्रयोगकर्ताले हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गराउन ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन गरिन लागेको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार अभियानअन्तर्गत हेल्मेट नलगाई इन्धन लिन आउने दुई पाङ्ग्रे सवारीसाधनलाई इन्धन नदिन नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स एशोसियसनलाई पत्राचार गरिने भएको छ । 

यस्तै अभियान कार्यान्वयन गर्न र अभियानको निगरानीका लागि प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूलाई पनि पत्राचार गरिने छ । 

उक्त छलफलमा  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको बागमती प्रदेशले सम्बन्धित निकायहरूसँग समन्वय गरेर पेट्रोल पम्पहरूमा ‘नो हेल्मेट, नो फ्युल’को सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान एकीन निर्णय गरी) राख्ने व्यवस्था मिलाउने भएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ३९ बजे

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।