राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले लिइन् शपथ « Khabarhub

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले लिइन् शपथ


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बुधबार आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिएका हुन् । 

सो अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ५ : ०३ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४