कोरियाबाट प्रविधि हस्तान्तरणसहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी « Khabarhub

कोरियाबाट प्रविधि हस्तान्तरणसहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा इपीएस कार्यक्रम सञ्चालन गरी नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन् ।

बुधवार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि मण्डलसँग भएको छलफलमा मन्त्री भण्डारीले इपीएस कार्यक्रममार्फत अवसर पाएका युवाहरूले कोरियाको विकासमा समेत योगदान पुर्‍याएको बताएका छन् ।

उनका अनुसार कोरिया नेपाली युवाहरूको लागि आकर्षक रोजगारी गन्तव्यको रूपमा स्थापित भइसकेको छ। उनले उदाहरण दिँदै भने, ‘पाँच हजार युवाहरुका लागि खुलाइएको अवसरमा एक लाखभन्दा बढीले आवेदन दिनु, कोरिया जान युवाहरू कति इच्छुक छन् भन्ने स्पष्ट प्रमाण हो।’

मन्त्री भण्डारीले नेपाली युवाहरूलाई केवल रोजगारीका लागि मात्र नभई कोरियामा काम गर्ने संस्कार, उच्च प्रविधिको ज्ञान र सीप हासिल गर्न पठाउनुपर्ने बताए। उनले विदेशमा काम गरेर केही पुँजीसहित फर्किएपछि मुलुकको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

‘सीपबिनाको रोजगारी सम्भव हुँदैन,’ मन्त्री भण्डारीले भने, ‘त्यसैले कोरियाको प्रविधि नेपालमा हस्तान्तरण गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो प्राथमिकता हो ।’

उनले बिस्तारै निजी तालिम प्रदायक संस्थाहरूलाई मापदण्ड र गुणस्तर निर्धारण गरेर तालिम सञ्चालन गर्ने आधार तयार गर्ने पनि जानकारी दिए ।

उनले कोरियाको हुन्डाई मोटर कम्पनीले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको बताए ।

कोरियन सरकारले हाल पनि विभिन्न माध्यमबाट नेपालमा दक्ष जनशक्ति निर्माणमा सहयोग गर्दै आएको छ । मन्त्री भण्डारीले कोरियाबाट आएको उच्च प्राविधिक टोलीले दुवै देशको हित हुने गरी ठोस निष्कर्षसहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल सरकार र कोरिया सरकारबीच अटोमोबाइल, वेल्डिङ, पलम्बर र इलेक्ट्रिकल गरी चार क्षेत्रमा उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । यस कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोरियाले नेपाललाई सहयोग उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ५ : २८ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय