बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते « Khabarhub

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् । 

बुधबार दिउँसो २ बजे जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेक नपुग्दै इश्वरीगङ्गा जाने बाटोमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बल्देब बडूले जानकारी दिए ।

दशरथचन्द नगरपालिका–४ का ३४ वर्षीय धीरेन्द्र खत्री, २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द–६ का २१ वर्षीय अर्जुन महर, २२ वर्षीय भूपेश जोशी, दशरथचन्द–११ ग्वालेकका ५० वर्षीया हरिना जोशी घाइते भएका छन् ।
 
यस्तै पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षीया हीरा भट्ट, २३ वर्षीय जनक भट्ट, पुर्चाैडी–५ का १७ वर्षीय रिकेश पार्कि, २८ वर्षीय दिनेश पार्की, पाटन नगरपालिका–९ का १८ वर्षीय कबिराज भट्ट, २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षीय डम्मरदत्त भट्ट घाइते भएको प्रहरी निरीक्षक बडूले बताए ।

घाइतेमध्ये अर्जुन, दिनेश र कबिराज गम्भीर रहेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा चालकसहित जम्मा १३ जना सवार थिए ।

चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बडुले बताए । रासस

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ५ : ४९ बजे

नेपाली काँग्रेस कार्यसम्पादन समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका,

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन