यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित « Khabarhub

यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग  पराजित भएको छ । बङ्गलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलबाट ३ अंक मात्रै जोड्न सफल भयो । 

नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने  बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भएको हो । बङ्गलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् ।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् । खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बङ्गलादेशले पहिलो अग्रता लिइन् । खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् । खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन् । प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अङ्क पुर्याएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अङ्क छ ।
 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : ०९ बजे

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी

पुरानाको आसेपासे भर्ती केन्द्र समानुपातिक प्रणालीलाई नयाँले ‘एलिट’को क्लब बनाइदिए

काठमाडौं- निर्वाचन आयोग यतिबेला ६४ दलका करिब साढे तीन हजार