प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य   « Khabarhub

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन उनी भ्रमणमा जान लागेका हुन् ।

उनले चीनमा आयोजना हुने साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन–२०२५ मा सहभागिता जनाउने छन् । 

त्यसैगरी जापानी आक्रमणविरुद्धको चिनियाँ जित र विश्‍वव्यापी फासीवादविरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवमा पनि ओली सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि जाँदैछिन्।

प्रधानमन्त्री ओलीले आगामी भदौ १६ गतेदेखि तिआन्जिनमा आयोजना हुने एससीओ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । त्यही क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। त्यस्तै, भदौ १८ मा बेइजिङमा आयोजना हुने विशेष समारोहमा सहभागी भई दोस्रो विश्वयुद्धको विजय दिवसको ८०औँ वार्षिकोत्सव मनाइने कार्यक्रममा समेत उपस्थित हुनेछन्।

को को छन् टोलीमा ? 

प्रधानमन्त्रीको टोलीमा शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा र अन्य उच्च सरकारी अधिकारी रहनेछन्। 

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : ३६ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा