पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर « Khabarhub

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।

एकजना महिलाले हुलाकबाट दिएको गाली बेइज्जतीसम्बन्धी उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएपछी नेपाल प्रहरीको साइबर ब्युरोमा बुधबार उपस्थित भएका उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

बझाङकी एकजना महिलाले हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपछि साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँमार्फत् गत भदौ ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर बुधबार दिउँसो साइबर ब्युरोले नियन्त्रणमा लिएका उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले बयानपछि हाजिरी जमानीमा छाडेको हो ।

उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेर बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । जहाँबाट सरकारी वकिलले हाजिरी जमानीमा छाडिदिएका हुन् ।

उक्त पक्राउ पुर्जी जारी भएपछि महर बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका महरलाई त्यहीँबाट नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गरेको भन्दै बझाङकै एक महिलाले जाहेरी दिएकी थिइन् ।

महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : ०६ बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि