पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर « Khabarhub

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।

एकजना महिलाले हुलाकबाट दिएको गाली बेइज्जतीसम्बन्धी उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएपछी नेपाल प्रहरीको साइबर ब्युरोमा बुधबार उपस्थित भएका उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

बझाङकी एकजना महिलाले हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपछि साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँमार्फत् गत भदौ ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर बुधबार दिउँसो साइबर ब्युरोले नियन्त्रणमा लिएका उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले बयानपछि हाजिरी जमानीमा छाडेको हो ।

उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेर बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । जहाँबाट सरकारी वकिलले हाजिरी जमानीमा छाडिदिएका हुन् ।

उक्त पक्राउ पुर्जी जारी भएपछि महर बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका महरलाई त्यहीँबाट नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गरेको भन्दै बझाङकै एक महिलाले जाहेरी दिएकी थिइन् ।

महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भए ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ७ : ०६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली