भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने « Khabarhub

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

यसअघि २५ हजार भारतीय रुपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले यही भदौ १० गते सार्वजनिक सूचना जारी गरी नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी पाँच हजार डलरसम्म ल्याउने प्रावधान रहेको जनाएको छ । 

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले राष्ट्र बैंकले भारतीय पर्यटकलाई भन्सार घोषणा नगरीकनै पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने प्रावधानले यहाँको पर्यटन व्यवसायीलाई राहत मिल्ने बताए।

वीरगञ्जमा चारवटा तारे होटेलसहित ८५ भन्दा धेरै होटल छन् । तर, अपेक्षाकृत रुपमा पर्यटकको बसाइँ लम्ब्याउन सकिएको थिएन । यहाँको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानीरहेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : ४५ बजे

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा