इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा « Khabarhub

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको घटनाको निन्दा गर्दै यसलाई देशको सार्वभौमिकताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ ।

गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गरेपछि इजरायलले सिरियामा सयौं आक्रमण गरिसकेको छ । इजरायले दमास्कसका अन्तरिम अधिकारीहरूसँग पनि वार्ता सुरु गरेको छ।

सिरियाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रको घोर उल्लङ्घन’ भनेको छ । उक्त आक्रमणले सिरियाली गणतन्त्रको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको स्पष्ट उल्लङ्घन गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी टेलिभिजनका अनुसार दमास्कसबाहिर किस्वेह नजिकै इजरायली ड्रोनले गरेको आक्रमणमा परी छ जना सैनिकको मृत्यु भएको हो । रक्षा मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई इजरायली ड्रोनले ‘४४ औँ डिभिजनको एउटा सैन्य भवनलाई लक्षित गरेको’ बताएका छन् ।

इजरायली सेनाले एएफपीको अनुरोधमा कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि मङ्गलबार सरकारी समाचार संस्था सानाले गोलान हाइट्समा सिरियाको नियन्त्रणमा रहेको युद्धविराम रेखाको पूर्वमा रहेको तरन्जा गाउँको एक घरमा इजरायली आक्रमणमा एक युवकको मृत्यु भएको जनाएको थियो ।

असदलाई सत्ताच्युत गरेयता इजरायलले संयुक्त राष्ट्रसङ्घको गस्तीमा रहेको असैन्यीकृत क्षेत्रको अधिकांश भाग सिरियानियन्त्रित युद्धविराम रेखामा कब्जा जमाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ८ : ३३ बजे

नेपाली काँग्रेस कार्यसम्पादन समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका,

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन