अवरुद्ध कर्णाली राजमार्ग खुल्यो « Khabarhub

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए ।

कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित अवरुद्ध राजमार्ग तत्काल अस्थायी रूपमा साना सवारीसाधन (बस ट्रकबाहेक) आवागमन सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चौधरीले जानकारी दिए ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडी आआफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ९ : ०४ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम