अवरुद्ध कर्णाली राजमार्ग खुल्यो « Khabarhub

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए ।

कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित अवरुद्ध राजमार्ग तत्काल अस्थायी रूपमा साना सवारीसाधन (बस ट्रकबाहेक) आवागमन सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चौधरीले जानकारी दिए ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडी आआफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ९ : ०४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित