नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक मित्रता र आपसी विश्वासमा आधारित रहेको बताएका छन् ।

नेपालस्थित चीन संस्कृति केन्द्र र आन्हुई प्रान्तीय संस्कृति तथा पर्यटन विभागद्वारा आज आयोजित ‘विश्वसँगको संवादमा सुन्दर आन्हुई’ प्रवर्द्धन सम्मेलनको शुभारम्भ गर्दै उनले दुई देशबीच पर्यटन, संस्कृति, भाषा, साहित्यलाई आदानप्रदान गरी सम्बन्धलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा पनि चीन, आन्हुईजस्ता प्रान्तीय–स्तरका सहकार्य कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने बताउँदै यसले जनस्तरमा पनि सम्बन्ध बलियो बनाउने उल्लेख गरे ।

कार्यक्रममा आन्हुई प्रान्तीय जन सरकारका भाइस गभर्नर सन योङले आन्हुई प्रान्तीय भाइस गभर्नर सन योङले संस्कृति र पर्यटनको अनुपम नमुनाका रूपमा आन्हुईलाई विकास गरिएको बताउँदै काठमाडौँ र आन्हुईबीच प्रत्यक्ष सहकार्य विस्तारमा जोड दिए ।

नेपालस्थित चिनियाँ राजदूत चेन सङले नेपाल–चीनको सम्बन्धलाई अझ सबल बनाउन आन्हुई प्रवर्द्धन सम्मेलनले योगदान गर्ने विश्वास व्यक्त गरे । आन्हुई प्रान्तको सांस्कृतिक सम्पदा, पर्यटन गन्तव्य, लगानी अवसर र ‘ग्रान्ड ह्वाङ्सान’ ब्रान्ड विश्वसामु प्रस्तुत गरिएको थियो ।

विशेषगरी ह्वाङ्सान पर्वत, सिडी–होंगछुन गाउँ जस्ता युनेस्को विश्वसम्पदा क्षेत्र, चिया संस्कृति, ग्रामीण पर्यटन र आधुनिक लगानी वातावरणबारे प्राविधिक प्रस्तुति गरिएको थियो ।

सम्मेलनमा नेपाली सरकारी निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । यसअघि जापान, दक्षिण कोरिया, बेलायत र संयुक्त राष्ट्रसङ्घमासमेत यस किसिमको प्रवर्द्धन सम्मेलन भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : ३१ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको