अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू) | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा विदेशी पर्यटकले भरिभराउ हुने ठाउँ हो । असोज–कार्तिकलाई यहाँको ‘गोल्डेन सिजन’ भनिन्छ ।

होटलदेखि सवारी, स्मरणिका पसलदेखि ट्राभल एजेन्सीसम्म सबैको व्यापार चम्किने बेला । तर यसपटक ‘वर्ल्ड टुरिजम डे’ (सेप्टेम्बर २७) को दिनमै ठमेलको माहोल केही फिका देखिएको छ ।

४५ वर्षका मदन अधिकारी, जसले २६ वर्षदेखि ट्राभल एजेन्सी चलाइरहेका छन्, भन्छन्,
‘२०२५ मा बुकिङ राम्रै थियो तर जेन जी आन्दोलनपछि २५ प्रतिशत घट्यो । युरोपबाट अझै बढी ग्राहक आउँछन्, अनि चीन–भारतबाट पनि आउँछन् । तर राजनीतिक अस्थिरता र सुरक्षा समस्याले साँच्चिकै असर गरेको छ।’

उनका अनुसार, अहिलेको सिजनमा मनास्लु, एभरेस्ट र लाङटाङ क्षेत्र लोकप्रिय छन् । ‘पहिला अन्नपूर्ण बेस क्याम्प हिट थियो, तर सडक निर्माणले आकर्षण घटाएको छ,’ उनी थप्छन् ।

भारतीय पर्यटकहरू तीर्थस्थल रोज्छन् भने चिनियाँहरू लुम्बिनी, चितवन, पोखरातिर आकर्षित हुने गर्छन् । युरोपेली भने संस्कृति र प्रकृति दुवैमा रमाउँछन् ।

तर चुनौती भने थुप्रै छन् । महँगो हवाई टिकट, अधुरो पूर्वाधार र कमजोर सुरक्षा उनीले देखेका मुख्य समस्या हुन् । ‘नेपाल टुरिजम बोर्डले पर्यटनलाई देशकै रुपमा ‘प्रमोट’ गरेको मैले देखिनँ, आफ्नो नजिकका कम्पनीलाई मात्र उठाउने गरेको छ’, उनले भने ।

ठमेलका स्थानीय व्यापारीहरूको अनुभव पनि उस्तै निराशाजनक छ । ६५ वर्षका बैकुण्ठ पाण्डे, जसले चार दशकभन्दा बढी समयदेखि हस्तकला र स्मरणिका पसल चलाइरहेका छन् । उनी भन्छन्,
‘यो सिजनमा ४५ जना बुकिङ गरेर आएको समूहले आन्दोलनकै कारण गेस्टहाउसमा बुकिङ क्यान्सिल गर्‍यो । ४६ वर्षमै यस्तो स्थिति मैले देखिनँ । सेप्टेम्बर, अक्टोबर, नोभेम्बर हाम्रो पिक सिजन हो, तर अहिले दिनको ५ हजार नाफा हुनुपर्नेमा ४ सय देखि ८ सय मात्र छ ।’

उनका अनुसार, युरोपेली पर्यटक बढी आउने भए पनि अहिले ‘नेपाल असुरक्षित छ’ भन्ने समाचारले आगमन घटेको छ ।

ठमेलमा ३–४ वर्षदेखि कपडाको पसल चलाउँदै आएका एक व्यवसायीले भने,
‘बजारमा प्रतिस्पर्धा कडा छ, व्यवसाय खासै चलेको छैन । विदेशी पर्यटकहरू नेपालीभन्दा बढी ‘बार्गेनिङ’ गर्छन्, पहिला भन्दा पैसा काम खर्च गर्छन् । तर अझै पनि उनीहरू नेपालप्रति सकारात्मक छन् ।

तर व्यापारी र एजेन्सी मात्र होइन, ठमेलमा राती निस्किने स्थानीयलाई पनि असुरक्षाको डर हुन्छ । बाटोमा भीक माग्ने, दलालहरूले पर्यटकलाई बोलाएर भुल्याउने, अवैध क्रियाकलाप, कहिलेकाहीँ ड्रिङ्कमा केही मिसाएर लुटपाट हुने घटना यी सबै खुलेर सार्वजनिक हुँदैनन् । एक स्थानीय भन्छन्,
‘म आफैँलाई राति ९ बजेसम्म बाहिर हिँड्न डर लाग्छ भने पर्यटकलाई कस्तो लाग्ला ? सुरक्षा छैन भन्ने महसुस हुन्छ।’

सरकारको भूमिका
स्थानीय व्यवसायीहरूको साझा गुनासो भने सरकारप्रतिको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १० : ०७ बजे

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यले धारणा राख्ने क्रम सकियो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिन

महेश बस्नेतले भने- प्रचण्ड,रवि र बालेनमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि

एमाले नेता रविनलाई प्रश्न : झापाली भएर किन अर्को झापालीको विरोध गरेको ?

काठमाडौं- झापा बाहुनडाँगीका नेता रविन कोइरालाले नेकपा एमालेको केन्द्रीय कमिटी

१५ वटा प्रस्ताव पारित गर्दै काठमाडौं महानगरको ४३ औँ कार्यपालिका बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव

दल खोल्ने मिराज ढुंगानाको घोषणा, विचार मिल्नेसँग वार्ता गर्न बनाए समिति

काठमाडौं – ‘गरिखान देऊ’ अभियानका संयोजक एवम् जेन-जी युवा मिराज