अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू) « Khabarhub

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा विदेशी पर्यटकले भरिभराउ हुने ठाउँ हो । असोज–कार्तिकलाई यहाँको ‘गोल्डेन सिजन’ भनिन्छ ।

होटलदेखि सवारी, स्मरणिका पसलदेखि ट्राभल एजेन्सीसम्म सबैको व्यापार चम्किने बेला । तर यसपटक ‘वर्ल्ड टुरिजम डे’ (सेप्टेम्बर २७) को दिनमै ठमेलको माहोल केही फिका देखिएको छ ।

४५ वर्षका मदन अधिकारी, जसले २६ वर्षदेखि ट्राभल एजेन्सी चलाइरहेका छन्, भन्छन्,
‘२०२५ मा बुकिङ राम्रै थियो तर जेन जी आन्दोलनपछि २५ प्रतिशत घट्यो । युरोपबाट अझै बढी ग्राहक आउँछन्, अनि चीन–भारतबाट पनि आउँछन् । तर राजनीतिक अस्थिरता र सुरक्षा समस्याले साँच्चिकै असर गरेको छ।’

उनका अनुसार, अहिलेको सिजनमा मनास्लु, एभरेस्ट र लाङटाङ क्षेत्र लोकप्रिय छन् । ‘पहिला अन्नपूर्ण बेस क्याम्प हिट थियो, तर सडक निर्माणले आकर्षण घटाएको छ,’ उनी थप्छन् ।

भारतीय पर्यटकहरू तीर्थस्थल रोज्छन् भने चिनियाँहरू लुम्बिनी, चितवन, पोखरातिर आकर्षित हुने गर्छन् । युरोपेली भने संस्कृति र प्रकृति दुवैमा रमाउँछन् ।

तर चुनौती भने थुप्रै छन् । महँगो हवाई टिकट, अधुरो पूर्वाधार र कमजोर सुरक्षा उनीले देखेका मुख्य समस्या हुन् । ‘नेपाल टुरिजम बोर्डले पर्यटनलाई देशकै रुपमा ‘प्रमोट’ गरेको मैले देखिनँ, आफ्नो नजिकका कम्पनीलाई मात्र उठाउने गरेको छ’, उनले भने ।

ठमेलका स्थानीय व्यापारीहरूको अनुभव पनि उस्तै निराशाजनक छ । ६५ वर्षका बैकुण्ठ पाण्डे, जसले चार दशकभन्दा बढी समयदेखि हस्तकला र स्मरणिका पसल चलाइरहेका छन् । उनी भन्छन्,
‘यो सिजनमा ४५ जना बुकिङ गरेर आएको समूहले आन्दोलनकै कारण गेस्टहाउसमा बुकिङ क्यान्सिल गर्‍यो । ४६ वर्षमै यस्तो स्थिति मैले देखिनँ । सेप्टेम्बर, अक्टोबर, नोभेम्बर हाम्रो पिक सिजन हो, तर अहिले दिनको ५ हजार नाफा हुनुपर्नेमा ४ सय देखि ८ सय मात्र छ ।’

उनका अनुसार, युरोपेली पर्यटक बढी आउने भए पनि अहिले ‘नेपाल असुरक्षित छ’ भन्ने समाचारले आगमन घटेको छ ।

ठमेलमा ३–४ वर्षदेखि कपडाको पसल चलाउँदै आएका एक व्यवसायीले भने,
‘बजारमा प्रतिस्पर्धा कडा छ, व्यवसाय खासै चलेको छैन । विदेशी पर्यटकहरू नेपालीभन्दा बढी ‘बार्गेनिङ’ गर्छन्, पहिला भन्दा पैसा काम खर्च गर्छन् । तर अझै पनि उनीहरू नेपालप्रति सकारात्मक छन् ।

तर व्यापारी र एजेन्सी मात्र होइन, ठमेलमा राती निस्किने स्थानीयलाई पनि असुरक्षाको डर हुन्छ । बाटोमा भीक माग्ने, दलालहरूले पर्यटकलाई बोलाएर भुल्याउने, अवैध क्रियाकलाप, कहिलेकाहीँ ड्रिङ्कमा केही मिसाएर लुटपाट हुने घटना यी सबै खुलेर सार्वजनिक हुँदैनन् । एक स्थानीय भन्छन्,
‘म आफैँलाई राति ९ बजेसम्म बाहिर हिँड्न डर लाग्छ भने पर्यटकलाई कस्तो लाग्ला ? सुरक्षा छैन भन्ने महसुस हुन्छ।’

सरकारको भूमिका
स्थानीय व्यवसायीहरूको साझा गुनासो भने सरकारप्रतिको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १० : ०७ बजे

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका