म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ « Khabarhub

म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको बताएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार खबरहबबाट प्रकाशित ‘उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरेहका थिए जेन-जी का कोशी संयोजक’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जेन-जी आन्दोलनका क्रममा आफू कतै पनि संलग्न नरहेको र कुनै पनि हिंसात्मक गतिविधिमा आफ्नो भूमिका नरहेको उल्लेख गरेका छन् ।

उनले उक्त समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र पेशागत जीवनमाथि गम्भीर धक्का पुर्‍याएकाे भन्दै समाचारको खण्डन समेत गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्– ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई मौलिक हकका रूपमा सम्मानपूर्वक बाँच्ने अधिकार, स्वतन्त्रताको उपयोग गर्ने अधिकार र आफ्ना विचार अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको छ। तर यी अधिकार अरूको प्रतिष्ठा र मर्यादाको हनन गर्ने आधार बन्न सक्दैनन्।’

खबरहबले शुक्रबार प्रहरी स्रोतको सूचनाका आधारमा जेन-जी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका व्यक्ति जेन–जीका कोशी संयोजक भएको उल्लेख गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १० : ३९ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी