‘आँबाट आमा’को छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई « Khabarhub

‘आँबाट आमा’को छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न गरेका छन् । उनका अनुसार फिल्मको छायाङ्कन २५ दिनमा पूरा भएको हो ।

लक्ष्यभन्दा पाँच दिनअघि नै चन्द्रले छायाङ्कन पूरा गरेका हुन् । दशैँपछाडि पोस्ट प्रोडक्सनको काम सुरु गर्ने योजनामा उनी रहेका छन् ।

यस फिल्ममा नायक पल शाह, नायिका सिम्रन पन्त र विपना थापा शीर्ष भूमिकामा रहेका छन् ।

पल र चन्द्रले यस फिल्ममा पहिलो सहकार्य गरेका हुन् । यसको छायाङ्कन सकिए लगत्तै चन्द्रले पललाई अर्को अनटाइटल फिल्ममा अनुबन्ध गरेका छन् ।

नयाँ फिल्म र अन्य कलाकारबारे केही समयपछि जानकारी दिने योजनामा चन्द्र रहेका छन् ।

‘आँबाट आमा’को लेखक पनि चन्द्र आफैँ हुन् । संवाद भने अमर न्यौपाने र अभिमन्यु निरवीको रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म प्रदर्शन मिति फागुन १५ लाई तोकिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : १० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित