‘आँबाट आमा’को छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई « Khabarhub

‘आँबाट आमा’को छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न गरेका छन् । उनका अनुसार फिल्मको छायाङ्कन २५ दिनमा पूरा भएको हो ।

लक्ष्यभन्दा पाँच दिनअघि नै चन्द्रले छायाङ्कन पूरा गरेका हुन् । दशैँपछाडि पोस्ट प्रोडक्सनको काम सुरु गर्ने योजनामा उनी रहेका छन् ।

यस फिल्ममा नायक पल शाह, नायिका सिम्रन पन्त र विपना थापा शीर्ष भूमिकामा रहेका छन् ।

पल र चन्द्रले यस फिल्ममा पहिलो सहकार्य गरेका हुन् । यसको छायाङ्कन सकिए लगत्तै चन्द्रले पललाई अर्को अनटाइटल फिल्ममा अनुबन्ध गरेका छन् ।

नयाँ फिल्म र अन्य कलाकारबारे केही समयपछि जानकारी दिने योजनामा चन्द्र रहेका छन् ।

‘आँबाट आमा’को लेखक पनि चन्द्र आफैँ हुन् । संवाद भने अमर न्यौपाने र अभिमन्यु निरवीको रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म प्रदर्शन मिति फागुन १५ लाई तोकिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : १० बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री