बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते « Khabarhub

बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैतडी – जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

धनगढीबाट पुचौँडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नंको भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

घाइते हुनेमा सबै बैतडीको पुर्चौंडी नगरपालिकाभित्रका रहेका छन् । प्रहरी निरीक्षक बडूका अनुसार पुचौँडी–५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, पाँच वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चौंडी–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, पाँच वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । १८ यात्रु सवार भ्यानका अन्य आठजनाबाहेक अन्यलाई बढी चोट लागेको छ । दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ०८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका