वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन « Khabarhub

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ ।

युएईस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरिरहेको छ । नेपालले आजको खेलमा दुवै ओपनरलाई सस्तै गुमाएको थियो । कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले रोहित पौडेलको कप्तानीमा घोषणा गरेको ११ सदस्यीय सुरुवाती टोलीमा स्पिनर सन्दीप लामिछाने परेका छैनन् । त्यस्तै लामो समयपछि टिममा फर्केका आदिल आलम पनि पहिलो खेलमा अटाएनन्।

वेष्ट इण्डिजविरुद्ध नेपालको सुरुवाती ११ः
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ५२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका