वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य « Khabarhub

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले मध्यम स्कोर खडा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजलाई एक सय ४९ रनको लक्ष्य दिएको हो । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनायोे ।

नेपालका कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्ण पारी खेले। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए। कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३० रन योगदान दिए, जसमा २ चौका र २ छक्का समावेश थिए। यस्तै, गुलशन झाले २२ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे।

१२ रनमै दुई विकेट गुमाएको नेपाललाई रोहित र मल्लले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गर्दै स्थिर पारीतर्फ लगे। तर अन्तिम ओभरतिर रन गति तीव्र बनाउन नसक्दा नेपाल १५० भन्दा अघि रोकियो।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर चम्किए। उनले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए। नयाँ खेलाडी नविन विदायसीले पनि प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा २९ रनमा ३ विकेट हात पारे। कप्तान अकिल होसेनले १ विकेट जोडे।

नेपालले अझैसम्म कुनै पूर्ण सदस्य राष्ट्रलाई पराजित गर्न सकेको छैन। तर आजको लक्ष्य बचाउन सक्ने हो भने, नेपाल क्रिकेटले ऐतिहासिक सफलता हात पार्नेछ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १० : ०६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा