वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य « Khabarhub

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले मध्यम स्कोर खडा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजलाई एक सय ४९ रनको लक्ष्य दिएको हो । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनायोे ।

नेपालका कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्ण पारी खेले। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए। कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३० रन योगदान दिए, जसमा २ चौका र २ छक्का समावेश थिए। यस्तै, गुलशन झाले २२ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे।

१२ रनमै दुई विकेट गुमाएको नेपाललाई रोहित र मल्लले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गर्दै स्थिर पारीतर्फ लगे। तर अन्तिम ओभरतिर रन गति तीव्र बनाउन नसक्दा नेपाल १५० भन्दा अघि रोकियो।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर चम्किए। उनले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए। नयाँ खेलाडी नविन विदायसीले पनि प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा २९ रनमा ३ विकेट हात पारे। कप्तान अकिल होसेनले १ विकेट जोडे।

नेपालले अझैसम्म कुनै पूर्ण सदस्य राष्ट्रलाई पराजित गर्न सकेको छैन। तर आजको लक्ष्य बचाउन सक्ने हो भने, नेपाल क्रिकेटले ऐतिहासिक सफलता हात पार्नेछ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १० : ०६ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल