आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २७ तारिख। छठ पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सहकार्यमा सुरुवात गरेमा व्यापारमा लाभ हुनेछ । शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । विपक्षी शान्त छन् । काम सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारका कारण राजनीतिमा भय हुनेछ । जग्गाको कारोबारमा आंशिक लाभ हुनेछ । विदेशमा मन आकर्षित हुनेछ ।

मिथुन : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । आफ्नो मूल्यांकन आफैं गर्न नसक्दा संकट आइपर्ने छ । बाहिरका साथीको साथ मिल्नेछ । दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

कर्कट : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

सिंह : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । विपक्षीले तपाईंको पक्षमा काम गर्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ । शिक्षाको क्षेत्रमा घाटा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

तुला : दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि मान र सम्मान बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन राम्रो छ । मिहिनेतको फल प्राप्त हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । आम्दानी बढ्नेछ । व्यापारमा नाफा हुने योग छ । शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन् ।

धनु : तपाईंका लागि आजको दिन धेरै राम्रो छ । तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ । राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ । विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : दिन सामान्य छ । बोल्दा सोच्नुपर्ने दिन छ । विरोधी साथी सक्रिय छन् । लगानीमा घाटा हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ : दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । आफ्नै कारणले साथी टाढिने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । यात्रामा कठिनाइ आइपर्ने छ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । औषधी नियमित बन्नेछ । राजनीतिक भयको जोखिम छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ०९ बजे

संविधान अनुरूप सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्छ : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरू सरकार सञ्चालन

छठ पर्वले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव

वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

तनहुँ– तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरेर ८

आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं–प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल