आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न प्रधानमन्त्री कार्कीको आह्वान | Khabarhub Khabarhub

आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न प्रधानमन्त्री कार्कीको आह्वान


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले सूर्यको आराधनाका साथ मनाइने पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा आगामी निर्वाचनमा सहभागी हुन र सफल बनाउन सबैमा आह्वान गरेकी हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।’

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा उल्लेख छ ।

उनले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन भन्दै आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि भएको बताएकी छिन् ।

छठसहित हाम्रा चाडपर्वहरू सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि भएको र अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको प्रधानमन्त्रीको भनाइ छ ।

सन्देशमा भनिएको छ, ‘पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसियाली छाओस् ।’

सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले नेपालीको सांस्कृतिक र सामाजिक रूपमासमेत तराई–पहाड जोड्ने सेतु बनिरहेको उनले सन्देशमा उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ३३ बजे

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ ।

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई