छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै « Khabarhub

छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा–  पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगन्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए ।

‘नेपालगन्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु भएको छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ’, पाठकले भने, ‘हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठपूजा गर्दै आउनुभएको छ ।’ छठको दिनमा पूजा गर्दा भक्तजनले मनमा चिन्तन गरेको मनोकाङ्क्षा पूरा भएकाले नेपालगन्जमा  छठपर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उनको भनाइ छ । 

पूर्वी तराईबाट कामको सिलसिलामा नेपालगन्ज आएर बसेकाहरूले मात्र यो पर्व मनाउने गरे पनि पछिल्लो समय नेपालगञ्जका रैथाने र पहाडी मूलका नेपालीले समेत छठ मनाउन थालेको नेपालगञ्जका कानुन व्यवसायी विश्वजीत तिवारीले बताए । उनले छठ सबै नेपालीको साझा भइसकेको उल्लेख गरे  । 

‘पूर्वी तराईमा सीमित छठ नेपालगन्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवं धार्मिक सद्भावमा सहयोग पुगेको छ’, तिवारीले भने, ‘एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगन्जमा अन्तरधार्मिक सद्भाव मजबुद छ ।’

पूर्वबाट आएकाहरूलाई साथ दिन र भगवानप्रतिको आस्था बढ्दै गएकाले छठ मनाउनेको सङ्ख्या बढेको तिवारीको भनाइ छ । नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा छठपूजा गर्नेको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : २९ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण