‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती « Khabarhub

‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी २’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ०८० सालमा प्रदर्शनमा आएको फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

‘जारी’का केही घटनालाई विकसितरुप दिएर ‘जारी २’मा प्रस्तुत गरिएको छ । पहिलो भागमा विवाहका लागि इच्छुक विजय बरालले दुलही भित्र्याएको ‘जारी २’को ट्रेलरमा देखाइएको छ । विजयको दुलहीका रुपमा नायिका श्रृजना निङ्लेखुको प्रवेश भएको छ ।

फिल्मका शीर्ष कलाकार दयाहाङ राई र मिरुना मगरको छोरी ठूली भएको ट्रेलरमा देखाइएको छ । ‘जारी’को अन्तिममा मिरुनाले छोरीको जन्म दिएकी थिइन् ।

फिल्ममा दम्पतीको भूमिकामा रहेका दयाहाङ र मिरुनाको घर झगडा ट्रेलरमा समावेश गरिएको छ । पहिलो भागमा जस्तै श्रीमान्सँगको झगडाले मिरुना माइती फर्किएको देखाइएको छ । उनी छोरीलाई घरमै छाडेर माइती फर्किएकी छन् ।

मिरुना माइती फर्किएको लामो समयसम्म पनि घर नफर्किएको ट्रेलरले बताउँछ । सोहीकारण माइतीमा उनको अर्को विवाहका लागि समेत कुरा चल्छ ।

अब मिरुना दयाहाङलाई जारी तिरेर अर्को विवाह गर्छिन् कि गर्दिनन् वा दयाहाङसँग पुनर्मिलन हुन्छ ? यही सस्पेन्सको कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ ।

यो फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो । निर्देशक र लेखक उपेन्द्र सुब्बा हुन् ।

ट्रेलर :

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ३० बजे

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

मौन अवधि सुरु हुँदा बालेनको स्टाटस- ‘मेरो देशलाई शुभकामना’

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको