थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे « Khabarhub

थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । 

विगतका दिनहरूमा वर्षायाममा मात्रै देखिने डेंगुको सङ्क्रमण कात्तिक महिनासम्म पनि घटेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय ६८ पुगेको छ । 

ईडीसीडीको तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ६ सय ४९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने त्यसपछि गण्डकीमा १ हजार ६ सय ३१, लुम्बिनीमा १ हजार १ सय १७, कोशीमा ८ सय ९५, सुदूरपश्चिममा ७ सय ६२, कर्णालीमा ४ सय ७४ र मधेश प्रदेशमा १ सय ३९ जनामा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : २९ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै