सुधा शर्मालाई स्वास्थ्यमन्त्री नियुक्त गरिएकोमा नेपाल राष्ट्रिय चिकित्सक संघको आपत्ति « Khabarhub

सुधा शर्मालाई स्वास्थ्यमन्त्री नियुक्त गरिएकोमा नेपाल राष्ट्रिय चिकित्सक संघको आपत्ति


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमाले निकट नेपाल राष्ट्रिय चिकित्सक संघ (एनडान) ले डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त गरिएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । 

संघका प्रवक्ता डा. अरुण उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा डा. शर्माको अनुभव, दक्षता र योगदानको प्रशंसासँगै नकारात्मक पक्षप्रति टिप्पणी पनि गरिएको छ । 

‘डा. शर्मा स्वास्थ्य सचिव रहँदै युनिसेफमा रोजगारीका लागि राजीनामा दिएको इतिहास छ । त्यस्तो प्रवृत्ति दोहोरिएमा अहिलेको सन्दर्भमा यो देशकै लागि घातक हुन सक्छ’, विज्ञप्तिमा भनिएको छ । 

संघले सीमान्तकृत युवा चिकित्सकलाई मन्त्री नबनाई, पुरानो सरकारका सल्लाहकारलाई पुनः जिम्मेवारी दिनुले नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको उल्लेख गरेको छ। यसले हालको जेन-जी आन्दोलनको भावना र ऊर्जामा ठेस पुर्‍याएको संगठनको बुझाइ छ।

संघले डा. शर्मालाई दलगत स्वार्थभन्दा माथि उठी निष्पक्ष र दक्षता कार्यशैली अपनाउन आग्रह गरेको छ।  मन्त्रालय पुनः दलगत राजनीति र स्वार्थको अखडामा परिणत भयो भने, राष्ट्रिय चिकित्सक संघले कडा विरोध गर्नेछ, विज्ञप्तिमा भनिएको छ।

एनडानले उनलाई शुभकामनाका साथै स्वास्थ्य क्षेत्र सुधारका लागि उनको नेतृत्वबाट सकारात्मक परिणाम आउने आशा पनि व्यक्त गरेको छ ।

त्यसैगरी डा. शर्मालाई चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक वृद्धि, स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने, र दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा तथा प्रोत्साहनमा प्राथमिकता दिन संघले आग्रह गरेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : ३६ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध