छठमा हिन्दू राष्ट्र माग्दै भीम पराजुलीले गरे २८औँ दण्ड प्रणाम यात्रा « Khabarhub

छठमा हिन्दू राष्ट्र माग्दै भीम पराजुलीले गरे २८औँ दण्ड प्रणाम यात्रा


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्षपनि छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् ।  

पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी दण्डवत् गरी घिस्रिँदै यात्रा गरेका हुन् । उनले मुलुकको शान्ति विकास र संवृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको उल्लेख गरे ।

नेपालले पुनः वैदिक सनातन हिन्दु राष्ट्रको स्वरूप प्राप्त गरोस् भन्ने भावनासहित पूजा गर्दै आएको उनले बताए । 

विगत ३५ वर्षदेखि लगातार छठ पर्वका अवसरमा दण्डवत् पूजा गर्दै आएका पराजुलीले यस वर्ष २८ औँ पटक घस्रिँदै छठ पूजा गरेका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : ३६ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण