मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार एक शुभकामना सन्देश जारी गर्दै उनले सूर्य भगवान्को आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रूपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गरेका हुन् । ‘यस पर्वले हामी सबैलाई एकबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने विश्वास लिएको छु,’ उनले भने ।

छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबीचको सन्तुलन सन्देश दिने उनले उल्लेख गरेका छन् । 

‘यसले श्रम, संयम र निष्ठाको मूल्य सिकाउँदै समाजमा सहकार्य र एकताको अपरिहार्यताको बोध पनि गराउँछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘पर्वले आपसी सद्भाव, भाइचारा र सामूहिक एकताको सन्देश बोकेको र हामी सबैलाई शान्ति, समृद्धि तथा उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

कोशी प्रदेश विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको विविधताले समृद्ध प्रदेश भएको उनले सन्देशमा उल्लेख गरेका छन् । प्रदेश सरकार यही विविधतालाई आफ्नो पहिचानको आधार मानेर यसको संरक्षण र संवर्द्धनका लागि निरन्तर प्रयास गरिरहेको छ । मुख्यमन्त्री कार्कीले सन्देशमा भनेका छन्, ‘सबै समुदायको आपसी सम्मान, सहिष्णुता र एकतामा नै हाम्रो साझा बल र विकासको आधार रहेको मैलै विश्वास लिएको छु ।’ 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : १५ बजे

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै