राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : माधव नेपाल « Khabarhub

राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : माधव नेपाल


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति, समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गरिनुपर्ने बताएका छन्  । 

आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरे। छठ पर्वले सामाजिक परिवर्तनको हकमा सांस्कृतिक आन्दोलनलाई जीवन्त राखेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा सामाजिक विकृति र विसङ्गति विरुद्धको लोकसांङ्गीतिक पक्षले छठ पर्वको लोकप्रियतालाई बढाउँदै लगेको उल्लेख गरे।

ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा छठमा प्रस्तुत गरिने लोकगायन समसामयिक र सशक्त पक्ष भएको बताउँदै उनले विविधतामा एकता कायम राख्न यस पर्वले सहयोग पुर्‍याउने विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले ‘सबै चाडपर्व सबै’को भन्ने धारणा विकाससँगै सद्‌भावपूर्ण तरिकाले छठ मनाउन आग्रह गर्दै यस पर्वबाट सामूहिकता र एकताको भावनालाई अभिवृद्धि गरिनुपर्ने बताए। 

मौलिक पर्वले विकास गरेका मूल्यमान्यता, सामाजिक परम्परा, भ्रातृत्व, असल संस्कार संरक्षणमा जोड दिने भन्दै उनले यसले व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : ०८ बजे

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै