रास्वपाद्वारा छठ पर्वको शुभकामना  « Khabarhub

रास्वपाद्वारा छठ पर्वको शुभकामना 


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।

छठ पर्वका अवसरमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यस पर्वबाट प्राप्त प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्न सबैलाई उत्प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् । 

आज छठ पर्वका अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उनले छठले आत्मशुद्धि, त्याग र समर्पणमा प्रेरित तथा सामूहिक सद्भाव तथा एकताको सन्देश प्रवाह गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

‘छठ पर्व मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकता अभिवृद्धिमा योगदान गर्दा विविधताबीचको एकतालाई झनै कसिलो बनाउँदै ल्याएको छ’, अर्यालले भने, ‘प्रकृति, जीवन र ऊर्जाको स्रोत सूर्यको आराधना गरिने लोक आस्थाको पर्व छठले नेपाली समाजको गहिरो धार्मिक सांस्कृतिक महत्त्व र पहिचानलाई जीवन्त राख्दै आएको छ ।’
 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : १७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम