मोहना घाटमा छठ पूजाको तयारी « Khabarhub

मोहना घाटमा छठ पूजाको तयारी


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– छठ पूजा सेवा समिति, धनगढीले हरेक वर्ष झै यस वर्ष पनि धनगढी उपमहानगरपालिका–२ स्थित मोहना घाटमा छठ घाटमा पूजाको तयारी पूरा गरेको छ । लामो समयदेखि मोहना घाटमा छठ पूजा कार्यक्रम  आयोजना गरिँदै आएको छ । 

सूर्य भगवान्को पूजा आराधना गरी मनाइने छठ पर्वमा पूजा गर्न आउने भक्तालुजनका लागि मोहना घाटमा २५६ पूजाकक्ष निर्माण गरिएका छन् । ती कक्षलाई रङ्गीचङ्गी ध्वजापताका लगायतले सजाएर आकर्षक बनाइएको छठ पूजा सेवा समितिका उपाध्यक्ष रोशनकुमार कर्णले राससलाई जानकारी दिए । 

पूजास्थल प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताका मूर्ति निर्माण गरेर सजाउने काम सकिएको छ । मोहना नदी तटीय भागमा पण्डाल निर्माण गरिएको छ । यहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उपाध्यक्ष कर्णले बताए।

पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, सांस्कृतिक झाँकीलगायत प्रस्तुत गरिने छ । छठपर्वमा परिवारका सदस्यहरूको दीर्घायु जीवन, सुख, शान्ति आदिका लागि भक्तालु व्रर्त बस्ने गर्दछन् । छठपर्व आउनुभन्दा एक महिना अघिदेखि नै मोहना नदी तटको सरसफाइ गरिएको थियो ।
 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : २३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर