सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिकोट, खाँडाचक्र नगरपालिका-२ स्थित सडकमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १११५ नम्बरको मिनि बस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा बसमा सवार जुम्ला हिमा गाउँपालिका-४ बस्ने १९ वर्षीय अर्जुन बुढाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका-७ लच्कास्थित सडकमा एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले बा.प्र.२-०५७ प २५३० नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका-५ बस्ने ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको एलाईभ अस्पताल चितवनमा उपचार भइरहेको छ । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ४ : ४२ बजे

लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट

छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको

छठ घाटहरूको अवलोकन गर्न गृहमन्त्री अर्याल जनकपुरधाममा

जनकपुर– आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन