काठमाडौं– कालिकोट, खाँडाचक्र नगरपालिका-२ स्थित सडकमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १११५ नम्बरको मिनि बस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा बसमा सवार जुम्ला हिमा गाउँपालिका-४ बस्ने १९ वर्षीय अर्जुन बुढाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका-७ लच्कास्थित सडकमा एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले बा.प्र.२-०५७ प २५३० नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका-५ बस्ने ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको एलाईभ अस्पताल चितवनमा उपचार भइरहेको छ । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया