सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा गयराति दुई समूहबीच भएको झडप भएको छ।
झडपका कारण अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार राति डाइस खेल्ने क्रममा विवाद उत्पन्न भएपछि दुई समूहबीच कुटाकुट भएको थियो । उक्त घटनामा ११ जना घाइते भएका थिए ।
झडपपछि सम्भावित हिंसा रोक्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
अहिले तीन सुरक्षानिकाय हरिनगर वडा नम्बर २ मा नियमित गस्ती गरिरहेका छन् । सुरक्षालाई सुदृढ बनाउन सम्पूर्ण क्षेत्रलाई उच्च सतर्कतामा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।
भुटाहा बजारमा सेनासहितकाे संयुक्त सुरक्षा गस्ती चलिरहेको छ। सुरक्षा निकायले जेन-जी आन्दोलनपछि जिल्लाका विभिन्न स्थानमा संयुक्त नियमित गस्ती गर्दै आएका थिए । हरिनगरको भुटाहामा हिंसा भड्किन नदिन अहिले गस्ती जारी रहेको छ।















प्रतिक्रिया