सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती « Khabarhub

सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा गयराति दुई समूहबीच भएको झडप भएको छ।

झडपका कारण अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार राति डाइस खेल्ने क्रममा विवाद उत्पन्न भएपछि दुई समूहबीच कुटाकुट भएको थियो । उक्त घटनामा ११ जना घाइते भएका थिए ।

झडपपछि सम्भावित हिंसा रोक्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

अहिले तीन सुरक्षानिकाय हरिनगर वडा नम्बर २ मा नियमित गस्ती गरिरहेका छन् । सुरक्षालाई सुदृढ बनाउन सम्पूर्ण क्षेत्रलाई उच्च सतर्कतामा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

भुटाहा बजारमा सेनासहितकाे संयुक्त सुरक्षा गस्ती चलिरहेको छ। सुरक्षा निकायले जेन-जी आन्दोलनपछि जिल्लाका विभिन्न स्थानमा संयुक्त नियमित गस्ती गर्दै आएका थिए । हरिनगरको भुटाहामा हिंसा भड्किन नदिन अहिले गस्ती जारी रहेको छ।


प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ४ : ०० बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक