सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ? « Khabarhub

सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३ मा पठानमार्फत दर्शकमाझ भव्य कमब्याक गरेका थिए। फिल्मले ठूलो सफलता हात पारेको थियो।  शाहरुखले निभाएको स्पाइ पात्र पठानले  फेरि लोकप्रियता प्राप्त गरेको थियो।

अहिले चर्चाको विषय बनेको छ कि किंग खान फेरि सोही पात्रमा फर्कने सम्भावना छ, त्यो पनि आगामी वायआरएफ स्पाइ युनिभर्सको फिल्म अल्फा मा, जहाँ आलिया भट्ट र शर्वरी वाघ मुख्य भूमिकामा छन्।

भारतीय मिडियाका अनुसार, शाहरुखलाई अल्फा मा छोटो क्यामियोको लागि अफर गरिएको छ। निर्माता आदित्य चोपडाले पठानको कथा पठान २ सँग जोडिने विशेष दृश्य तयार पारेका छन्। तर शाहरुखले अहिलेसम्म आफ्नो सहभागिता पुष्टि गरेका छैनन्। उनी हाल आफ्नो अर्को फिल्म किंग को सुटिङमा व्यस्त छन् र एक-दुई हप्ताभित्र निर्णय आउने अपेक्षा गरिएको छ। यदि पूर्ण क्यामियो नगरे पनि उनी फिल्मको अन्त्यमा ‘एन्ड-क्रेडिट सीन’ मा देखिन सक्ने सम्भावना रहेको छ।

साथै, सलमान खानलाई पनि अल्फा  फिल्मबाट टाइगरको भूमिकामा समावेश गर्ने योजना छ। फिल्म अल्फा वायआरएफ स्पाइ युनिभर्सको सातौँ फिल्म हो।  यसलाई निर्देशक शिव रवैलले निर्देशन गरेका छन्। फिल्ममा आलिया भट्ट र शर्वरी वाघ दुई साहसी एजेन्टको भूमिकामा देखिनेछन् भने बबी देओल र अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन्। फिल्म यस वर्षको क्रिसमसको आसपास रिलिज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ३ : ५८ बजे

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका