सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ? | Khabarhub Khabarhub

सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३ मा पठानमार्फत दर्शकमाझ भव्य कमब्याक गरेका थिए। फिल्मले ठूलो सफलता हात पारेको थियो।  शाहरुखले निभाएको स्पाइ पात्र पठानले  फेरि लोकप्रियता प्राप्त गरेको थियो।

अहिले चर्चाको विषय बनेको छ कि किंग खान फेरि सोही पात्रमा फर्कने सम्भावना छ, त्यो पनि आगामी वायआरएफ स्पाइ युनिभर्सको फिल्म अल्फा मा, जहाँ आलिया भट्ट र शर्वरी वाघ मुख्य भूमिकामा छन्।

भारतीय मिडियाका अनुसार, शाहरुखलाई अल्फा मा छोटो क्यामियोको लागि अफर गरिएको छ। निर्माता आदित्य चोपडाले पठानको कथा पठान २ सँग जोडिने विशेष दृश्य तयार पारेका छन्। तर शाहरुखले अहिलेसम्म आफ्नो सहभागिता पुष्टि गरेका छैनन्। उनी हाल आफ्नो अर्को फिल्म किंग को सुटिङमा व्यस्त छन् र एक-दुई हप्ताभित्र निर्णय आउने अपेक्षा गरिएको छ। यदि पूर्ण क्यामियो नगरे पनि उनी फिल्मको अन्त्यमा ‘एन्ड-क्रेडिट सीन’ मा देखिन सक्ने सम्भावना रहेको छ।

साथै, सलमान खानलाई पनि अल्फा  फिल्मबाट टाइगरको भूमिकामा समावेश गर्ने योजना छ। फिल्म अल्फा वायआरएफ स्पाइ युनिभर्सको सातौँ फिल्म हो।  यसलाई निर्देशक शिव रवैलले निर्देशन गरेका छन्। फिल्ममा आलिया भट्ट र शर्वरी वाघ दुई साहसी एजेन्टको भूमिकामा देखिनेछन् भने बबी देओल र अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन्। फिल्म यस वर्षको क्रिसमसको आसपास रिलिज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ३ : ५८ बजे

२५ उद्योगको लाइन काटिँदा सरकारले दैनिक गुमाइरहेको छ ६ करोड

काठमाडौँ- नेपाल विद्युत प्राधिकारणले बक्यौता रकम नतिरेको भन्दै ठूलला उद्योगको

उच्च हिमाली पदमार्गमा यात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ – मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई

मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशका विभिन्न

सञ्चार मन्त्री भन्छन्: सरकारले निर्वाचन सफल पार्न कुनै कसर बाँकी राख्दैन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।