झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल « Khabarhub

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा रहेका छवटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र सङ्घसंस्थालाई आग्रह गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले लगातार भएका चाडपर्व र विपद्का कारण रगत अभाव भएकाले रक्तदानका लागि अपिल गरिएको बताए । 

‘रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात निकै कम भइसकेको छ । अस्पतालमा मिर्गौलाको डायलाइसिस गर्ने र अन्य बिरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिन्छ । हामीसँग दुई दिनलाई पुग्ने रगत मात्रै छ । त्यसैले रगत दानका लागि सबैलाई आग्रह छ’, उनले भने ।  

अध्यक्ष ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व र असोज १८ देखि २० गतेसम्मको वर्षा र विपद्ले निम्त्याएपछि रक्तदान कार्यक्रम हुन नसक्दा जिल्लामा रगतको अभाव भएको बताए। उनले जिल्लामा रगतको माग उच्च देखिएको बताउँदै १८ वर्षमाथिका रक्तदान गर्न योग्य व्यक्तिलाई नजिकै रहेका रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रगत दानका लागि आग्रह गरे । 

अध्यक्ष ढकालले भने,’रगत माग्ने, खोज्ने मात्र होइन, आफूले पनि रक्तदान गरौँ र बिरामीलाई रगत लिन जाँदा जुनसुकै रक्त समूहको भए पनि दुई-तीन जना व्यक्ति रक्तदानका लागि लिएर जाने गरौँ । हामीसँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर छ । त्यसैले रगत चाहिने बिरामीका आफन्तलाई आफैँ सम्पर्क गरेर पनि दाता खोज्न हाम्रो आग्रह छ ।’

उनले ‘जेन-जी’ प्रदर्शनका क्रममा एक हजार ५०० पिन्ट रगत काठमाडौँ पठाएको पनि जानकारी दिए । 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ४ : १३ बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग